बस दुर्घटनामा २० घाइते

लोकपथ संवाददाता
0
Shares
b’3{6gfu|:t a; bdf}nL, !! kmfu’g M k[YjL /fhdfu{cGtu{t tgx’Fsf] Jof; gu/kflnsf–!@ sdnfaf/Ldf cfOtaf/ laxfg ePsf] b’3{6gfdf b’3{6gfu|:t a; . bdf}nLaf6 cfFa’v}/]gLtkm{ hfFb} u/]sf] gf & v @)^ g+ sf] a; / ljk/Lt lbzfaf6 cfpFb} u/]sf] gf % v @*%^ g+ sf] a; 7Ss/ vfFbf @) ofq’ 3fOt] ePsf 5g . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?