मन्त्रीमण्डल हेरफेरको संभावना : प्रदिप ज्ञवाली सञ्चार, नारायणकाजी परराष्ट्र मन्त्री बन्ने चर्चा !

काठमाडौं । अहिले नेपालको राजनीति तातिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर तयारी गरिरेहेको स्रोतले जनाएको छ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन डिल गरेको विादास्पद अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका छन् ।

उनको राजीनामासँगै रिक्त रहेको उक्त मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई जिम्मा दिने चर्चा छ । त्यस्तै गरेर परराष्ट्रमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता तथा राष्ट्रिय सभा सदस्य नारायण काजी श्रेष्ठलाई बनाउने चर्चा छ ।

तर, श्रेष्ठ मन्त्रीमा योग्न भने देखिदैनन् । विद्यानत प्रतिनिधि सभाको चुनाव पराजीत भएको व्यक्ति मन्त्री हुन पाउँदैनन् ।

बाँस्कोटाले राजीनामा दिए पश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अर्थमन्त्री युवराज खतिवडा र बाँस्कोटाले नै हेर्दै आएको सहरी विकास मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले हेर्दै छन् ।

उनीहरुसँगै सोम प्रसाद पाण्डे, राजेन्द्र गौतम, महेस बस्नेत, विशाल भट्टराई, प्रेम आलेको समेत चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गर्नु अघि मन्त्रालयलाई पूर्नगठन गर्ने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?