प्रधानमन्त्री ओलीले ‘ह्याप्पी वर्थ डे’ बालुवाटारमा मनाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ६९ औँ जन्मदिन मनाएका छन् । जन्मघर तेह्रथुमको आठराई जानुअघि उनले बालुवाटारमा जन्मदिन मनाएका हुन् ।

ओलीका शुभेच्छुकहरुले निवासमै पुगेर शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङबालुवाटार पुगेका थिए ।

बालुवाटरमा जन्मदिन मनाएर उनी पाँचथर हुँदै तेह्रथुम जन्मघर जादैछन् । उनले पाँचरका रहेको तमोर लिफ्ट खानेपानी आयोजनो कुम्मायक गाउँपालिकाको यासोकमा उद्घाटन गर्दैछन् ।

त्यस पश्चात उनी जन्मघर आठराई जादैँ छन् । उनले आठराईमा जेष्ठ नागरिकलाई सम्मान तथा विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउदै छन् ।
त्यस्तै त्यहा विभिन्न विकास निर्माणका कामको शिलान्यास समेत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?