तोलामा ७ सयले बढ्यो सुन, रच्यो नयाँ इतिहास !

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भई मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार १ सय रहेको थियो । भने आज तोलामा ७ सयले बृद्धि भइ प्रतितोला सुन ७८ हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार ५ सय रहेको छ ।

त्यस्तै शुक्रवारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भइ मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ९ सय १५ रहेको थियो भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ९ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएकोम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?