चलचित्र ‘इन्डियन २’ को छायांकन सेटमा दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौं । चलचित्र ‘इन्डियन २’को छायांकन सेटका क्रममा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको भने ९ जना घाइते भएका छन् । छायांकनका क्रममा क्रेन पल्टिँदा ३ जनाको निधन भएको हो।

चलचित्र युनिटका मुख्य कलाकार कमल हसनले निधन भएका ३ जनाका परिवारलाई १ करोड आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कमलले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै लेखेका आफ्ना ३ जना साथीहरु गुमाउनु पर्दा दुःख लागेको बताएका छन् । साथै आफूभन्दा धेरै दुखी घटनामा निधन भएका सदस्यको परिवारलाई भएको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

कमलले मृतक साथीहरुको परिवारलाई उनीहरुको दुःखमा साथ दिन चाहने बताएका छन् ।

साथै बलिउड अभिनेत्री काजल अग्रवालले दुःखमय घटनालेस्तब्ध भएको बताएकी छन् । काजले मृतक साथीहरुका परिवारलाई आफ्नो तर्फबाट पूर्ण साथ रहेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?