राजस्व संकलनमा बृद्धि

गगन अयडी धनगढी, पुस १५–आर्थिक बर्षको सुरुका दुई महिनामा प्रगति न्यून रहेको त्रिनगर भन्सार कार्यालयले पछिल्ला महिनामा राजस्व संकलनमा बृद्धि गरेको छ आयात केन्द्रीत भन्सार जस्तै रहेको त्रिनगर भन्सारले चालू आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा करिब २ करोड रुपैया“ बढी राजश्व संकलन गरेको छ आर्थिक बर्षको सुरुमा भारतमा जिएसटि प्रणाली र नेपालमा एकजिट कोड प्रणाली लागु हुदा लक्ष्य अनुसारको कर संकलन नभएको भन्सार कार्यालयकोे कर संकलन सुधार ह“ुदै गएको हो आर्थिक बर्षको सुरुमा ब्यापारीहरु अन्योलमा रहेकाले आयातमा कमी आएकोमा अहिले आयातमा बृद्धि भएसंगै कार्यालयको कर संकलनमा पनि सुधार आएको कैलाली त्रिनगर भन्सार कार्यालयका निमित प्रमुख अधिकृत गोपीकृष्ण उप्रेतीले बताए आर्थिक बर्षको सुरुको महिना श्रावाणमा २७ करोड १५ लाख ९६ हजार कर संकलनको लक्ष्य रहेकोमा १९ करोड ४३ लाख ५१ हजार मात्र कर संकलन भएको थयो भने भाद्रमा ३१ करोड ३ लाख ९६ हजार लक्ष्य रहेकोमा २१ करोड ९६ लाख २५ हजारमात्र कर संकलन भएको थियो । तर पछिल्ला महिनाहरुमा क्रमिक कर संकलनको दर बढ्दै गएको कैलाली भन्सार अधिकृत नारायणदत्त जोशीले बताए कैलाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ३ अर्ब ८७ करोड ९९ लाख ५१ हजार कर संकलन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य अघिल्लो आर्थिक बर्ष भन्द झण्डै ४९ प्रतिशत बढी हो । लक्ष्य बढी रहेको भएपनि लक्ष्य प्राप्तीका लागि कसरत भैरहेको कैलाली त्रिनगर भन्सार कार्यालयका निमित प्रमुख अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए अन्त शुल्क लक्ष्य भन्दा न्यून सङ्कलन हु“दा भन्सार महसुल र मूल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ । भन्सार महसुलको लक्ष्य ८३ करोड ३४ लाख ८० हजार रुपैया“ हु“दा ६ महिनाको ९२ करोड ३० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो । यस्तै ७० करोड ७१ लाख ७० हजार रुपैया“ लक्ष्य दिइएको मूल्य अभिबृद्धि कर ८२ करोड १५ लाख १३ हजार रुपैया“ संकलन भएको छ चालु आर्थिक बर्षमा कैलाली भन्सार कार्यालयलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ । ६ महिनाका लक्ष्यको ४६.४२ प्रतिशत राजश्व संकलन भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?