नुवाकोटका गुठीपीडितद्वारा जग्गा दर्ता गराउन माग

नुवाकोट, १५ माघ- विभिन्न गुठीका नाममा रहेका र बिर्ता जग्गा जोतभोग गर्नेका नाममा दर्ता गराउन भूमिपीडितले माग गरेका छन् भूमिअधिकार मञ्च नुवाकोटको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पुगेका किसानले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा अर्कैका नाममा भएका कारण भूकम्पले भत्किएको घर निर्माणमा समेत समस्या भएको प्रजिअ वीरेन्द्रकुमार यादवलाई आइतबार बुझाएको ज्ञापनपत्रमा जनाएका छन् मञ्चका पूर्व जिल्ला अध्यक्ष चूडामणिप्रसाद गजुरेलले वर्षौंँदेखि कमाइ गर्दै आएको जग्गा कमाउनेको नाममा दर्ता गराउनुपर्ने माग गरे । जिल्लामा छ हजार ७२३ परिवार गुठीपीडित छन् तारुकाको शिवालय, लच्याङ, घ्याङ्फेदी, शिखरबेंसी, दुईपीपल, गेर्खुलगायतमा हजारौंँ रोपनी जग्गा गोसाइँकुण्ड, भैरवी र रामचन्द्र गुठीका नाममा छ । जग्गा कमाएको वर्षाैँ हुँदा पनि आफ्नो नाममा जग्गा दर्ता हुन नसक्दा किसानले किनबेच गर्न तथा बंैंकमा राखेर ऋण लिएर काम गर्न समेत पाएका छैनन् यस्तै जिल्लामा एक हजार ५४९ परिवार किसान बिर्तापीडित छन् । सरकारले गुठी, बिर्ता, बेनिस्सा, स्ववासी, ऐलानी वन क्षेत्रको जग्गा दर्ताको प्रक्रिया थाल्न प्रजिअको अध्यक्षतामा समिति गठन भएकाले समितिले तत्काल काम गर्न भूमि अधिकारकर्मीले माग गरेका छन् मागपत्र बुझेपछि प्रजिअ यादवले जिल्लामा सरोकार भएका निकायसँग माग सम्बोधन गर्न सकिने नसकिने विषयमा छलफल गरिने बताए । भूमिपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा पनि मागपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?