उपाधिको लागि मछिन्द्र र थ्री स्टार भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने फाइनलमा मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र सिजनको दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । मछिन्द्र थ्री स्टारलाई हराएर एक सातापछि नै अर्को उपाधि जित्न चाहन्छ ।

यता, थ्री स्टार भने सिजनको पहिलो उपाधि उचाल्न चाहन्छ । तर, बलियो टिम मछिन्द्रविरुद्ध थ्री स्टारलाई जित निकाल्न भने कठिन चुनौती रहेको छ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ । उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् ।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०-२० हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?