प्रधानमन्त्री ६९औँ जन्मदिन मनाउन जन्मघर जाँदै, आठराई गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औँ जन्म दिन । जन्मदिनको अवसर पारेर ओली आज आफ्नो जन्मघर तेह्रथुमको आठराईमा आफ्नो जन्मघर जान लागेका हुन् ।

सोहि अवसरमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । ओलीको तस्वीर, हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

जन्मदिन मनाएसँगै ओलीले त्यहाँका विभिन्न सवकास निमार्णका कामको शिलान्यास गर्ने तयारी छ ।

उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली आठ्राई जानुअघि पाँथरको कुम्मायक गाउँपालिकाको यासोकमा वृहत तमोर लिफ्टिङ खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?