थ्रीस्टार आहा रारा गोल्ड कपको सेमीफाइनलमा

पोखरा, १५ माघ – पोखरामा जारी १६ औंँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमा उत्कृष्ट खेलाडी घोषित बने थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले हालै इटहरीमा खेलेर आएका कारण खेलाडी थकित अवस्थामा रहे पनि टाइबे्रकरलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको बताए एपिएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा नै खेलाडीबीच तालमेल मिल्न नसकेको बताउँदै दोस्रो हाफमा पनि गोलका अवसर उपयोग हुन नसकेको स्पष्ट पारे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?