२००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको हाे -निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा आज पार्टीले आयोजना गरेका सभामा उहाँले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे । उनले भने, “सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ ।”

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?