एनएमबि बैंकको दुई आकर्षक बचत खाता, यस्ता छन् योजना

काठमाडौँ । एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको छ । भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ७ लाखसम्म वीमा र १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?