शिक्षकले छोराछोरीलाई निजी विद्यालयमा नपढाउने

सिन्धुली, १५ माघ- एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा नपढाउने घोषणा गरेका छन् सिन्धुलीमाडीका आज पत्रकार सम्मेलन गर्दै पाँचौँ जिल्ला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नै पठनपाठन गराउने बताए नवनिर्वाचित अध्यक्ष विजयकुमार थिङले सरकारी विद्यालय तथा शिक्षकमाथि निरन्तर चौतर्फी रुपमा शैक्षिक गुणस्तर कमजोर गराएको भनी आलोचना भएकाले सरकारी विद्यालयमा कार्यरत शिक्षकबाटै शैक्षिक गुणस्तर सुधारका लागि यस्तो अभियानको थालनी गरिएको बताए हालै सम्पन्न सम्मेलनले थिङको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनमा सिन्धुलीका नौ वटै स्थानीय तहमा कार्यरत शिक्षक छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?