नेकपाको सचिवालय बैठक बस्दै, यस्तो छ छलफलको विषय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अपरान्ह सचिवालय बैठक बस्न लागेको हो ।

साथै उक्त बैठकमा मुख्य त दुई विषयमा छलफल गर्ने जनाइएको छ । उक्त बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा तथा सुशासनप्रति पार्टीभित्र देखिएको विचलनका विषयमा छलफल हुनेछ । भने अर्काे एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?