आयुष्मान खुरानाको चलचित्र ‘शुभ मंगल बढी सावधान’मा ट्रम्पको यस्तो ट्वीट !

काठमाडौं । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शन भएको छ । भने चलचित्रलाई धेरै दर्शकहरुले मन पराएका छन् । चलचित्र ‘शुभ मंगल बढी सावधान हेरिसकेपछि सामाजिक सञ्जालमा दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन् । भने यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका फिल्मलाई ट्वीटरमा प्रतिक्रिया दिएका छन् । तर ट्रम्प स्वयमले यो फिल्म हेरेर त्यस्तो प्रतिक्रिया दिएका भने होइनन् । उनले अर्को एर्का एक भारातीयको ट्वीटमाथि त्यस्तै प्रतिक्रिया दिएको विदेशी सञ्चारमाध्ययमले जनाएका छन् । सञ्चारमाध्ययमका अनुसार ट्रम्पले आयुष्मान खुरानाको यो फिल्मलाई असाधारण बताएका हुन् ।

उक्त चलचित्रमा आयुष्मान खुराना पहिलो पटक समलिङ्गी पात्रको भूमिकामा देखिनेछ । फिल्ममा खुरानाको पार्टनरको भूमिका जीतेन्द्र कुमारले निभाएका छन् ।साथै चलचित्रको निर्देशन भने हितेश केवलियो गरेका छन् र फिल्मको कथा पनि उनले नै लेखेका हुन् ।

यसै क्रममा मानव अधिकारकर्मी पीटरले यो फिल्मबारे एक ट्वीट गरेका छन् । पिटरले ट्वीटमा लेखेका छन् ,‘ भारतः समलिङ्गी रोमान्स प्रस्तुत गरेको एक नयाँ बलिउड फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ । भारतमा भर्खरै समलिङ्गी सम्बन्धलाई डिक्रिमिनलाइज गरेपछि यो फिल्म आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?