२०७४, १५ माघ सोमवार १९:५७

लागु औषधसहित दुई जना पक्राउ


प्रकाशित मिति : २०७४, १५ माघ सोमवार १९:५७

काठमाडौँ, १५ माघ – महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ बिहान उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७१०० नंको बस जाँच गर्दा १९६ एम्पुल डाइजेपाम, १९७ एम्पुल बुफ्रिनर्फी र २०० एम्पुल नाइट्रोपामसहित सप्तरीका कृष्ण दासलाई पक्राउ गरिएको हो त्यस्तै नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ८९३८ नंकोे बसबाट काठमाडौँ आउँदै गरेका नरबहादुर बुढाका साथबाट नाइट्रोजापाम ९०० ट्याबलेट बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस