९ जेष्ठ २०७९, सोमवार

मलेसियामा ठगिँदै नेपाली कामदार

२०७४,आश्विन,१,आईतवार ०१:४३

0
Shares

मलेसिया, १ असोज- क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो । २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो, कान्तिपुरमा खबर छ ।वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ । अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ । जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ ।अहिले तोकिएकै नियमअनुसार पनि प्रत्येक कामदारबाट ‘दलाल’ ले औसतमा तीन सय रिंगिट बढी असुलेको देखिन्छ । अर्थात् पछिल्लो चार महिनामा मात्रै नेपाली कामदारबाट नेपाली ‘दलाल’हरूले ४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी असुलेको देखिन्छ । मलेसियास्थित नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात नै भन्छन्, ‘एउटा नेपाली कामदारबाट एजेन्टले ४–५ सय रिंगिट कमिसन खाइरहेको देखिन्छ ।’पछिल्ला महिनामा गैरकानुनी कामदारप्रति मलेसिया सरकारले कडा नीति अख्तियार गरेयता घर फर्कनेको संख्या बढदो छ । दूतावासले वैशाखमा मात्रै घर फर्कन चाहने गैरकानुनी हैसियतका नेपालीलाई १ हजार १ सय ३५ ट्राभल डकुमेन्ट जारी गरेको थियो । दूतावासले जेठमा १ हजार १ सय २१, असारमा १ हजार ७ सय १, साउनमा १ हजार ६ सय ८ र भदौ अन्तिम सातासम्म १ हजार १ सय १८ ट्राभल डकुमेन्ट जारी गरेको देखिन्छ । पछिल्ला तीन वर्षमा मात्रै दूतावासबाट एक लाख ४३ ट्राभल डकुमेन्ट जारी भएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच

ताजा समाचार

हेटौँडाका जनप्रतिनिधिले लिए शपथ
 २०७९,जेष्ठ,९,सोमवार ११:०५