काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्।
हिजो देशै हल्लीने गरी चर्चा भएको विषयमा आज (शुक्रबार) एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ,‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ’ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’
विप्लव यो प्रकरणमा ओलीकै संलग्नता रहेको आशंका गरेका छन्।
ठूलो आकारको जहाजकाण्ड आदीमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ।
विवादास्पद अडियो रेकर्ड बाहिरिएसँगै बाँस्कोटाले हिजै ट्वीटरमार्फत राजीनामा घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया