भक्तपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पौडेलले धर्म संस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको चर्चा गरे। उनले नेपालका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु पर्ने आवश्यकता औंल्याए। भारतीय भक्तजन तथा पर्यटकलाई आकर्षक गर्ने गरी मन्दिर विकास र विस्तार गर्नुपर्ने बताउँदै उहाँले यस मन्दिरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्रीले आजै डोलेश्वर महादेव मन्दिरको दर्शन एवं पूजा गर्नुभएको सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष एवं समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । उनले मन्दिरको गुरुयोजना अनुरुप निर्माण कार्य भइरहेको बताउँदै एक वर्षभित्र मूल मन्दिर, प्रवेशद्वारलगायतका संरचना निर्माण पूरा हुने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया