थालेसका बहु-उपयोगी ९ भनाईहरु

काठमाडौं । थालेसको जन्म ग्रीकको सानो राज्य माइलेट्स नगरमा भएको थियो । उनलाई प्रथम युनानी दार्शनिकका रुपमा चिन्ने गरिन्छ ।

पाश्चात्य जगतमा दर्शनशास्त्रका संस्थापकका रुपमा पनि थालेसलाई चिन्ने गरिन्छ । युनानमा उनलाई सात वुद्धिमानी व्यक्तित्वमा राखिएको छ ।

१. जीवनमा सबैभन्दा कठिन कुरा आफैलाई चिन्नु हो ।

२. सोचाई भन्दा अरु केहि सक्रिय छैन ।

३. आवश्यकता भन्दा धेरै केहि मजबुत छैन ।

४. हामी वास्तवमा ठोस पृथ्वीको शिखरमा होइन, हावाको सागरभन्दा तल बस्दछौँ ।

५. धेरै शब्दहरु एक विवेकी दिमागको प्रमाण होइन ।

६. आशा मात्र असल हो जुन मानिसमा साझा हुन्छ ।

७. जोसँग अरु केहि छैन, तिनीहरुसँगै धेरै आशा हुन्छ ।

८. वुद्धिमानी व्यक्ति आवश्यक पर्दा मात्र कुरा गर्दछन् र शब्दहरु आवश्यक अनुसार उच्चारण गर्दछन् ।

९. समय भनेको सबै थोकको वुद्धिमता हो, किनभने यसले सबै कुरा प्रकाशमा ल्याउँदछ ।

१०. पृथ्वी एउटा समतल चक्रको समान छ, जो जलमा तैरिन्छ ।

११. जल नै समस्त भौतिक वस्तुको कारण हो र जल नै समस्त प्राणीको जीवन आधार पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?