महाशिवरात्रीको व्रत सकिएपछि के खाने, के नखाने ? चिकित्सकको यस्तो सुझाव

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, ( kmfu’g M dxflzj/flqsf] cj;/df ;Dk”0f{ lxGb”sf nflu ;a}eGbf dxTjk”0f{ / kljq:yn sf7df8f}Fsf] kz’kltgfy dlGb/df bz{g ug]{ z’qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । आज महाशिवरात्रीको अवसरमा धेरैले व्रत बस्नुभएको होला । व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ । तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । त्यसैले लोकपथले व्रतालुले के खाने के नखाने भनेर सोधेर टिप्सहरु जम्मा पारेको छ ।

दिनभरको व्रत सकिएपछि फलफूल र झोलयुक्त पदार्थ खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले झोलिलो कुरा खानुहोला । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन ।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ । (सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ । यी खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

-व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

-व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।

-व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

-व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ ।

-खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।

-मसलेदार खाना खानु राम्रो हुँदैन ।

-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ

-व्रत बस्दा चिल्लो–पिरो खानुहुदैन ।

-गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

-यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?