नयाँ सरकारलाई आर्थिक भार पर्दैनः स्वास्थ्यमन्त्री

भक्तपुर, १५ माघ – स्वास्थ्यमन्त्री दीपक बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयले अब आउने नयाँ सरकारलाई कुनै आर्थिक भार नपर्ने स्पष्ट पार्नुभएको छ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको परिवर्तित नाम ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’को आज अनावरण गर्दै उहाँले सरकारले आगामी सरकारलाई थप आर्थिक भार नपर्ने गरी गरेको निर्णयलाई माघ १ गतेदेखि नै कार्यान्वयनमा ल्याएको स्पष्ट पार्नुभएको हो गत पुस १७ गतेको मन्त्रिपरिषद्को निर्णयले मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नामाकरण गरेको थियो “सुर्तीजन्य पदार्थबाट संकलित करबाट २५ प्रतिशत रकम स्वास्थ्य कोषमा जम्मा हुन्छ, सरकारले त्यही कोषको रकमबाट विरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो”–मन्त्री बोहराले भन्नुभयो, “अब आउँने नयाँ सरकारलाई यसले अतिरिक्त भार पर्दैन, रु १२ अर्ब सुर्तीजन्य पदार्थबाट संकलित करबाट उठ्छ, त्यसको २५ प्रतिशत रकमले बिरामीलाई भत्ता दिनपुग्छ ।”उहाँले विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थबाट ७५ प्रतिशतसम्म कर लिन पाउने व्यवस्था गरेर विदेशमा यसलाई व्यवहारमा ल्याएको चर्चा गर्दै नेपालमा अब बन्ने सरकारले सुर्तीजन्य पदार्थमा २५ प्रतिशत कर थप गरे यसलाई अझै टेवा पुग्ने बताउनुभयो नर्सहरुको मुहारमा खुसी ल्याउने गरी सरकार तलब, सेवा, सुविधा थप गर्न तयार रहेको बताउँदै मन्त्री बोहराले निजी अस्पताल एवं नर्सिङ होमले पनि सरकारको मापदण्डअनुसार तलब सुविधा दिनुपर्नेमा जोड दिनुभयो उहाँले भन्नुभयो, “सरकारी मापदण्डअनुसारको तलब, भत्ता, सेवा सुविधा निजी स्वास्थ्य संस्थाले पनि नर्सलाई दिनुपर्छ, सरकारले गरेको यो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउछाँै, निजी अस्पताल एवं नर्सिङ होममा भोलेन्टियरका नाममा नर्समाथि हुने श्रम शोषणको अब अन्त्य हुन्छ ।”केन्द्रलाई मिर्गौलाको डायालासिस गर्नका लागि थप २० वटा मेशिन दिन सरकार तयार रहेको बताउँदै मन्त्री बोहराले भन्नुभयो, “यहाँ बिरामीको चाप र शय्या अभाव देखे, यसलाई आफ्नै भवन बनाउन पुग्ने पर्याप्त जग्गाको खोजी गर्न प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई म आग्रह गर्छु, जग्गा देखाइदिनुहोस्, अहिले कै मन्त्रिपरिषद्को निर्णयले जग्गा उपलब्ध गराउँछ ।”सो अवसरमा रक्षा मन्त्री भीमसेनदास प्रधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म वर्तमान सरकार काम चलाऊ सरकार नहुने दाबी गर्दै सरकारले गरेको कुनै पनि निर्णय अवैधानिक नभएको बताउनुभयो भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले केन्द्रलाई जग्गा उपलब्ध गराउन आफू पूर्ण रुपमा लाग्ने बताउँदै “सल्लाघारीको ९९ रोपनी, गठ्ठाघरमा पर्यटन मन्त्रालयको नाममा रहेको ४०० रोपनी, जगातीमा अर्थ मन्त्रालयको नाममा रहेको २५० रोपनीमध्येका जग्गा केन्द्रलाई दिलाउन पहल गर्ने छौँ,” भन्नुभयो उहाँले भक्तपुरका सबै अस्पताललाई मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो कार्यक्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले केन्द्रलाई शैक्षिक संस्थाका रुपमा समेत लैजान अध्ययन भइरहेको बताउनुभयो भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रा डा राकेश बर्माले केन्द्रको सेवाले विदेश जानुपर्ने बाध्यतामा निकै कमी भएकाले यसको सेवालाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रमा बिरामीको चाप अत्याधिक बढेको बताउँदै “मिर्गौलाको डायलोसिस गर्न ४०० बिरामी प्रतीक्षारत छन्, अरु ४०० बिरामी मिर्गौला प्रत्यारोपण गर्न पालो कुरेर बसेका छन्, यस्तो अबस्थामा केन्द्रमा पर्याप्त शय्या र ठाउँ नहुँदा बिरामीले समेत सास्ती भोग्नु परेको छ,” भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?