प्रभु बैंकको संस्थापक शेयर साधारण शेयरमा परिणत

काठमाडौं । प्रभु बैंक लिमिटेड को संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । बैंकको ४१ लाख कित्ता बढी संस्थापक शेयर साधारण शेयरमा प्रमाणित गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ४१ लाख २६ हजार २ सय ६ दशमलव १३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।

त्यस्तै संस्थापक शेयर साधारण शेयरमा परिणत भएसँगै बैंकको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ दशमलव ४९ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?