हेर्नुहोस् फागुन १० देखी फागुन १६ गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ ।

प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ ।

प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मंगलवार दिउँसोबाट बिहीवार साँझसम्मको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ ।

कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तरपनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ ।

विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानिबाट सञ्चालित संस्थामा नोकरि पाउने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ ।

पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेको छ ।

माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिने छ ।

आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेको छ ।

साताको शुरु शनिवार र अन्तिम दिन शुक्रवारको समयमा लामो दुरिको यात्रा हुनेछ भने धार्मिक तथा शैक्षिक यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मंगलवार विहान सम्मको समय मध्ययम रहेकोले आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवन शैलि व्यस्त रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला ।

माया प्रेममा धोका तथा अबिश्वास बढ्नेछ । राजनिति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

मंगलवार दिउँसोबाट समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेको छ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ ।

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

अतिथिको रुममा सम्मान पाईनुका साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । आईतवारबाट बिहीवार सम्मको समय मध्ययम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् ।

गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन् ।

अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानि गर्ने अवसर जुर्नेछ । व्यवसायकै सवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ ।

माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ ।

मंगलवार दिउँसोबाट बिहीवार साँझसम्मको समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ ।

खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ ।

शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । स्रोत साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

फेन्सि तथा विलाशि वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारि व्यवसायमा लगानि बढाउन सकिनेछ ।

व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथीसंगी तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति श्रीमतीबीच बिस्वासको वातावरण बढेर जानेछ ।

पढाई लेखाईमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । साताको पहिलो दिन र अन्तिम दिनको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मंगलवार बिहानसम्मको समय मध्यम रहेकोले शरीर अस्वस्थ हुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पति तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ ।

व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नुनै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था सिर्जना हुनेछ ।

सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । मंगलवार दिउँसोबाट बिद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले कुनै पनि विवाद तथा प्रतिस्पर्द्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ ।

शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ ।

प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम शुरु गर्न सकिने छ । आईतवारबाट बिहीवार सम्मको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् ।

राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् ।

घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको अधिकांस समय मध्ययम रहेकोले आफन्तहरु टाढिने तथा पतीपत्नीबीच सामान्य मनमुटाव सिर्जना हुन सक्दछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईने छ । व्यापार व्यवसायमा नाफा कमाउन धेरै नै समय खर्चनु पर्नेछ ।

आईतवारबाट मंगलवार बिहानसम्मको समय राम्रो रहेकोले आफ्नै मिहेनेतले व्यवसायमा फड्को मार्न सकिने छ । लगनशीलताक साथ गरिने कामको उच्च मुल्याङ्कन हुनेछ ।

दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्द्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउने छ ।

पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिने छ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिने छ ।

दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् ।

प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईनेछ । आईतवारबाट मंगलवार विहानसम्मको समय र शुक्रवारको समय मध्यम रहेकोले बोल्ने कुरामा ध्यान नजाँदा आलोचनाको शिकार भइने छ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिने छ । व्यापारमा मन्दी आउनेछ । तरपनि गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिने छ ।

राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ ।

प्रणय सम्बन्ध थप बलियो बन्नेछ । शनिवार र मंगलवार दिउँसोबाट बिहीवार साँझसम्मको समय मध्ययम रहेकोले बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ ।

पढाई लेखाईमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ ।

परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ ।

खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिने छ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिने छ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेको छ ।

आईतवारबाट मंगलवार बिहानसम्मको समय मध्ययम रहेकोले खर्चभावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ ।

तरपनि लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशी लगानिबाट सञ्चालित संस्थामा काम पाईने छ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?