चलचित्र ‘परदेशी २’ को छायाँकन शुरु

काठमाडौं । नारायण रायमाझीको निर्देशनमा बन्न लागेकाचलचित्र ‘परदेशी २’को छायांकन शुरु भएको छ । फिल्म ‘परदेशी २’को छायांकन आजबाट शुरु भएको हो । आज विहान पूजा गर्दै चलचित्रको शुभारम्भ गरिएको थियो ।

आउँदो बर्षको दशैँलाई चलचित्रको प्रदर्शन मिति बनाउने उद्देश्यका साथ चलचित्रको छायाँकन शुरु गरिएको हो । चलचित्र ‘परदेशी २’ प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको छ ।

चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथावस्तुलाई समेट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?