हेर्नुहोस् २०७६ साल फागुन १० गते शनिवारको राशिफल

काठमाडौं । वि.सं. २०७६ फाल्गुन १० गते । शनिवार । इ.स.२०२० फेब्रुअरी २२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं.११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी– चतुर्दशी,१८ बजेर ३७ मिनेट उप्रान्त औँशी । नक्षत्र–श्रवण,११ बजेर २२ मिनेट उप्रान्त धनिष्ठा ।

योग– वरियान,०७ बजेर ३५ मिनेट उप्रान्त परिध । करण– शकुनी,१८ बजेर ३७ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ६ बजेर ३८ मिनेटमा, सूर्यास्त १७ बजेर ५८ मिनेटमा । दिनमान २८ घडी २० पला । धनिष्ठा पञ्चम आरम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

उच्च तथा विशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्द्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयमा काम सम्पादन नहुदा निरासा छाउनेछ । बन्द व्यापारमा मन्दी आउँने तथा आर्थिक संकटको सामाना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।

अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्द्धीहरु नै हावी हुनेछन् ।

खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिँदैन । प्रेममा अबिस्वास सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला ।

अध्ययनमा मन नजाँदा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आँट,शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुख पाईनेछ । बोलेका कुरा पूरा गर्न नसक्दा अरुले अबिश्वास गर्न सक्दछन् ध्यान दिनुहोला ।

प्रेम प्रशंगमा मनमुटाव हुने योग रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यवसायमा आम्दानी कम हुनाले लगानी गरिहाल्ने समय रहेको छैन । संगीत क्षेत्रमा भने समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मीहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ ।

पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दी आउनेछ ।

पढाई लेखाईमा मन नजाँदा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ ।

पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?