नागढुङ्गामा ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले लागु औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । झापा शिवसतासी नगरपालिका ११ झिलझिलेकी २३ वर्षीया बिना डाँगी र काठमाडौं महानगरपालिका ८ चावहिलका २८ वर्षीय दिपेश डंगोललाई टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा सवार थिए ।

बस जाँचका क्रममा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको हो ।

बिना डाँगीको साथबाट ४.३ ग्राम र दिपेश डंगोल ०.५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?