निर्देशकले कट भन्दा पनि पनि रोकिएन यी बलिउड नायक-नायिकाको रोमान्स

काठमाडौं । चलचित्र हेर्दै गर्दा मानिसहरुलाई कलाकारहरुको कसरी ‘कोजी’ सिन दिन सक्छन् भन्ने लाग्नसक्छ । सुटिङको क्रममा अधिकांस मानिसको ध्यान सुटिङ गरिरहेका कलाकारमा हुन्छ ।

यस्तोमा पनि कतिपय अवस्थामा कलाकारले त्यस्तो सिनमा आफूलाई रोक्न सक्दैनन् र निर्देशकको ‘कट’ भनेपछि पनि पनि बेवास्ता गर्दछन् ।

१. टाइगर श्रफ र ज्याकलिन फर्नान्डेज

बलिउड अभिनेता इगर र ज्याकलिन फर्नान्डेज एक किस सिनमा निर्देशकले धेरैपटक कट भन्दा पनि रोकिएनन् । सिन सकिएपछि थाहा पाएका उनीहरु लाजले भुतुक्कै भएका थिए ।

२. विनोद खन्ना र डिम्पल कबाडिया

‘प्रेम धरम’ नामक फिल्ममा विनोद खन्ना र डिम्पल कबाडियाको बीचमा एक किसको सिन थियो । वर्षा भइरहेको समयमा नाचिरहेकी डिम्पललाई विनोद खन्नाले किस गरेको दृश्य थियो ।

यो क्रममा निर्देशकले ‘कट’ भन्दा पनि विनोद मस्त थिए । पछि निर्देशकले नायिकासँग माफी मागेका थिए ।

३. विनोद खन्ना र माधुरी दीक्षित

‘दयावान’ फिल्ममा माधुरीले आफूभन्दा २० वर्ष जेठा विनोद खन्नासँग एक किस सिन दिएकी थिइन् । सिनको क्रममा भावनामा आएका विनोदले माधुरीको ओठमा टोकिदिएका थिए । पछि माधुरीले उक्त फिल्म खेलेकोमा अफसोच व्यक्त गरेकी थिइन् ।

४. दिलीप तहिल र जया प्रदा

बलिउड चर्चित अभिनेत्री जयाप्रदाको साथमा पनि त्यस्तै एउटा घटना भयो । एक फिल्म सुटिङको क्रममा दिलीपले आफ्नो नियन्त्रण गुमाएका थिए । अति भएपछि जयाले उनलाई झापड हानेकी थिइन् ।

५. रञ्जित र माधुरी दीक्षित

फिल्म प्रेम प्रतिज्ञाको बलात्कारको सुटिङ सिनमा रञ्जितले माधुरी दीक्षितलाई जबरजस्ती गर्नुपर्ने थियो । उक्त क्रममा उनले आफ्नो नियन्त्रण गुमाए र भावनामा डुब्न थाले ।

त्यो सिनपछि माधुरी लामो समयसम्म बेखुसी देखिएकी थिइन् र उनले रञ्जितलाई हात नलगाउन चेतावनी पनि दिएकी थिइन् ।

६. प्रेमनाथ र फरयाल

द गोल्ड मेडल फिल्मको एक बलात्कारको सुटिङमा प्रेमनाथलाई फरयालमाथि जबरजस्ती गर्नुपर्ने सिन थियो । उक्त क्रममा प्रेमनाथले आफूमाथि नियन्त्रण गर्न सकेनन् फरयाल माथि हाबी हुन थाले ।

त्यसपछि फरयाल त्यहँबाट भागेर साथीहरु भएको ठाउँमा गएकी थिइन् ।

७. रुसलाना मुमताज र चेतना

रुसलान मुमताज र चेतनाको फिल्म ‘आई डन्ट लभ यू’मा दुवैको सिन एक फरक अवस्थामा पुगेको थियो । दुवैको बीचमा लभ मेकिङ सिन चलिरहेको थियो ।

त्यस क्रममा भावनामा आएका रुसलानले चेतनाको कपडाको जिप खोलिदिएका थिए । पछि रुसलानले माफी पनि मागेका थिए ।

८. सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज

द जेन्टलमेनको एक लभ मेकिङ सिनमा सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज निर्देशकले कट भनेपछि पनि मस्त थिए ।

९. रणवीर र एवलीन

ये जवानी है दीवानी फिल्मको एएउटा सिनमा रणवीर कपुर एवलीनको जांघमा बस्नुपर्ने थियो । यो सिनमा रणवीर यतिसम्म डुबे कि निर्देशकले धेरैपटक कट भन्दा पनि उनले सुनेनन् रएवलीनको जाँघमा बसि नै रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?