राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान, उम्मेदवार जुटे प्रचारमा (पूर्ण विवरणसहित)

काठमाडौं, १५ माघ – यही माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमवार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ निर्वाचन कार्यतालिका अनुसार, आज सोमवार दुई बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएको थियो । सातवटै प्रदेशमा गरी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् यसैगरी, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् भने  दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको छ प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अन्य पदमा निर्वाचन हुनेछ प्राप्त विवरणअनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने सहसचिब एवम् प्रवक्ता नवराज ढकालले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?