राजपाले भन्यो, हामी वाम सरकारमा मिसिन्नौं

भक्तपुर, १५ माघ – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पष्ट गर्नुभयो । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको आरोप उहाँले लगाउँदै भन्नुभयो, “एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ, यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरै हुँदैन, संविधान संशोधन नभए हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौँ ।”नेता महतोले भन्नुभयो, “प्रदेश नं २मा जनताले राजपा र फोरमलाई सरकार बनाउने ‘म्याण्डेट’ दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने छ ।” उहाँले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गर्दै नेपाली सञ्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताउनुभयो नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका नाममा भारतलाई गाली मात्रै गर्ने गरेको बताउँदै उहाँले नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्तिपिच्छे नीति नभई राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?