प्रधानमन्त्री ओलीले प्रचण्डलाई किन बोलाए बालुवाटार ?

काठमाडौं । पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफलका लागि प्रधानमन्त्री ओलेले प्रचण्डलाईबालुवाटार बोलाएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

विहान भक्तपुरमा आयोजि एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले आफुलाई बोलाएको कुरा बताएका थिए । उनले भने– ‘वर्तमान राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जादैछु, उहाँले ९ बजेनै आउनु भन्नुभएको थियो ।’

दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै पार्टी एकतालाई पूर्णता दिनका लागि सचिवालय बैठक बोलाउने विषयमा समेत छलफल हुने बुझिएको छ ।

आजै एमसीसी अध्ययन गर्न बनेको समितिले प्रतिवेदन पेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?