धुम्मियो काठमाडौं : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । यतिबेला काठमाडौंको मौसम धुम्मिएको छ ।

मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाका मौसमविद्ले जनाएका छन् ।

चिसोबाट यसरी बच्नुहोस्
मौसमा आएको बदलावका कारण चिसो बढ्नेछ । चिसोबाट बच्न यी उपाय अपनाउनुहोस् :

तपाई चिसोबाट बच्न भान्छाको यी चीजहरु औषधीको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

तील,दालचीनी,लसुन,अदुवा, मनतातो पानी, जीरा ज्वानो, मेथी, बत्तिसा धुलो आदी ।

अरु के गर्ने ?
पर्याप्त न्यानो कपडा लगाउने

मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम नगर्ने

नियमित शारीरिक व्यायाम गर्ने

सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

छालाको सुरक्षामा ध्यान दिने

बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

स्वस्थ आहारव्यहार गर्ने

कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?