सुनको मूल्य तोलामा ७८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भइ हालसम्मकै उच्च कायम भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको ७७ हजार ६ सय रहेको थियो । भने आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ५ सयले बृद्धि भइ आज ७८ हजार १ सयमा कारोवार भइरहेको छ । आज तेजावी सुनको मूल्य ७७ हजार ८ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर चाँदीको मूल्य भने स्थिरता छाएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ९ सय १५ रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?