सिटिजन्स बैंकको नयाँ ४ शाखा उद्घाटन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा विभिन्न ४ नयाँ शाखा स्थापना गरेको छ । यसैक्रममा बैंकले कास्कीको हस्पिटल चोक, कैलालीको अत्तरिया तथा सुखड शाखा, मोरङ कन्चनबारीको राजबंशी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त चारै वटै शाखा फागुन ८ गते बिहीवारबाट उद्घाटन गर्दै सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

शाखा उद्घाटन समारोहमा स्थानिय निकायका जनप्रतिनिधि, विभिन्न संघ सस्थाका प्रमुख नागरिक समाजका अगुवा तथा उद्योगी व्यापारीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

सरकार तथा राष्ट्र बैंकले लिएको वित्तीय समावेशीताको नीतिको आधारमा बैंकले विस्तार गरि आम मानिसहरुमा सेवा पुर्याउने प्रतिवद्धता लिएको विस्वास बैंकले लिएको छ ।

बैंकले स्थापना गरेको नयाँ तथा अन्य शाखामार्फत आम मानिसहरुको वित्तीय आवस्यक्ता पुरा गरि सम्पुर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साथै साना तथा लघु उद्यमीहरुको लागि समेत सहयोग पुर्याउने उदेश्यले सेवा विस्तार गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?