टी-ट्वान्टी महिला विश्वकप आजबाट, को को छन् सहभागी टोली ?

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट अष्ट्रेलिया सुरु हुँदैछ ।

अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी शोग्राउण्ड स्टेडियममा आयोजक अष्ट्रेलिया र भारतबीचको खेलसँगै विश्वकपको यस संस्करण सुरु हुनेछ । अष्ट्रेलिया र भारतबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यस संस्करणको विश्वकपमा १० टिमको सहभागिता रहेको छ । ९ टेष्ट र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसोसियटबाट थाइल्याण्डले पहिलो पटक विश्वकप खेल्दैछ ।

विश्वकपमा आयोजक अष्ट्रेलियासहित, इंग्ल्यान्ड, न्युजिल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्ट इण्डिज र थाइल्याण्ड रहेका छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलपछि शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

फाइनल खेल मार्च ८ मा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?