जर्ज टाउनको मेयर कुकुर शपथ लिन जब कोट र टाईमा सजिएर आयो !

काठमाडौं । अमेरिकास्थित कोलोराडोको जर्जटाउनमा पार्कर डग (ध्रुवीय कुकुर) लाई मेयर बनाईएको छ । पार्करलाई चयन बोर्डका सदस्यले भोट गरेर ११ फेब्रुअरीमा मेयर बनाइएको हो ।

वुधवार पार्करका लागि जर्जटाउन कम्युनिटी सेन्टरमा एक सिरोमनी पनि राखिएको थियो । जसमा मेयर पदका सबै औपचारिकता पूरा गरिएका थिए ।

उक्त अवसरमा पुलिस तथा जज लिनेट केलसीले शपथ ग्रहण गराएका थिए । सोहि अवसरमा स्थानीय मानिसहरुका साथै केहि डग लभरहरु पनि उपस्थित थिए । मेयरको पद सम्हाल्नका लागि पार्कर फुल ड्रेसमा उपस्थित भएको थियो ।

पार्करले टाई र क्याप र चश्मा पनि लगाएको थियो । उक्त आयोजनाको फोटो क्लियर क्रीक काउण्टीले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

उक्त समारोहका केहि फोटोहरु पार्कर द स्नो डगको इन्स्टाग्राम पेजबाट शेयर भएका छन् । पार्कर द स्नो डग पार्करको गर्लफ्रेन्ड हो । उसले पनि आफ्नो प्रेमीलाई बधाई दिएको छ ।

उक्त पेजमा १६८०० फलोअर्स रहेका छन् । उक्त पोस्टमा धेरै जनाले पार्करलाई बधाई दिएका छन् । न्यु ह्याम्शायर नामका एक युजर्सले पार्करलाई कन्ग्राईचुलेशन भनेको छ ।

साथै पोस्टमा एक अन्यले जर्जटाउन एक लक्की शहर भएको बताएका छन् । पार्कर मेयरका साथै लवल्याण्ड स्की एरियाका शुम्भकर पनि हो ।

पार्करले रकी माउण्टेनको एक गाउँमा थेरापी क्याम्पमा पनि सेवा दिइसकेको छ

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?