एन आई सी एशियामा खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा

काठमाडौं । एन आई सी एशिया बैंकमा खाता खोल्दा २ लाख रुपैयाँ भन्दा बढी फाइदा हुनेभएको छ । बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरुलाई २ लाख १४ हजार फाइदा हुने भएको हो । ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउने छन् ।

बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्नुहुने ग्राहकहरुले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४,००० रूपैयाँ बराबर ग्राहक महानुभावलाई फाइदा देखिन्छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउने व्यवस्था रहेको छ । मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमध्ये अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहक महानुभावहरूको मन जितिरहेको छ ।
योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकहरुले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गरेमा उनीहरुलाई करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७,००० रूपैयाँसम्मको फाइदा हुनेपनि बैंकले जनाएको छ ।

स्वीप इन–स्वीप आउट सुविधा

बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा ग्राहक महानुभावहरू सामु पस्केको छ । यो एक विशेष किसिमको सुविधा हो जसमा तपाईले खोल्नु भएको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नसक्नेछन् ।

यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने पनि बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहक महानुभावले मुद्धती खातामा जाने वित्तीकै ९ दशमलव ७५ प्रतिशत सम्मको ब्याज प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?