पार्टी एकता पनि ७०/३० कै अनुपातमा: सुरेन्द्र पाण्डे

चितवन, १५ माघ – नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०÷३० को अनुपातमा लगेको बताउनुभयो प्रदेशमा ७०/३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भन्नुभयो, “राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०/३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।”उहाँले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार मानिने स्पष्ट पार्नुभयो नेता पाण्डेले भन्नुभयो “एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटी बढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाईन्छ ।”पार्टी एकीकरणका लागि विभिन्न आधार तय गरिएको बताउँदै उहाँले पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने बताउनुभयो । नेता पाण्डे दुई वटा पार्टी भएर सरकारमा जाँदा धेरै कुरामा फाइदा हुने बताउँदै दुई पार्टीबीच अहिलेसम्म कुनै बिमति नरहेको र पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी गर्नुभयो पूर्वअर्थमन्त्रीसमेत रहनु भएका पाण्डेले सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्नु लोकतान्त्रिक पद्धती विपरित भएको उल्लेख गर्दै देउवा सरकारका निर्णयले अर्थतन्त्र धरासायी हुने बताउनुभयो चितवनले प्रदेशको राजधानी नपाए पनि आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “चितवन नमूना आर्थिक राजधानी बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” चितवनले राजधानी र मन्त्री नपाए पनि यहाँको विकास र समृद्धि नरोकिने पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?