माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दै, यी राशि भएकोले हेर्न नहुने

काठमाडौं, १५ माघ । यही माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ । माघ १७ गते नेपाली समयअनुसार साँझ ५ः३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ः३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ‘खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ तर धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टेलिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने बताईएको छ चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ ग्रहण सम्बन्धी तत्थ्यहरु:-

  • चन्द्रग्रहण एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
  • योचन्द्रग्रहण लाइ ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ ।
  • नेपालमा चन्द्रग्रहण साझ ५ः५५ बाट देखिन्छ ।
  • ग्रहणको समाप्ति राति ८ः५६ मा हुनेछ ।
  • यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टे«लिया, अफ्रिकाकेहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट देख्न सकिन्छ भने व्राजील चिली तथा पश्चिमीअफ्रिकाकामुलुकहरुमा बसोवास गर्ने मानिसहरुले यो ग्रहणको अनुभव लिन पाउने छैनन् । यसै नाङ्गो आखाले जो कोहिले पनि हेर्नहुने ।
  • यसैवर्ष अर्को खग्रास चन्द्रग्रहण श्रावण ११ गते शुक्रवार राति पनि लाग्दैछ ।
  • यदि तपाई धार्मिक हुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने यही माघ सत्र गते साझ लाग्ने खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिभएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्नहुने बताईएको छ भने मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?