सफल बन्न के गर्ने ? यी ११ कुरामा ध्यान पुर्याऔँ

काठमाडौं । सफलता संघर्षपछि मात्र मिल्ने कुरा हो , बिना संघर्ष कुनै पनि सफलता मिल्न नसक्ने कुरामा कुनै द्विमत छैन । भनिन्छ संघर्षको फल मिठो पनि हुन्छ । तर संघर्ष गर्नु त्यति सहज भने छैन ।

सफलताका बारेमा धेरैले आ-आफ्ना मत राखेका छन् ।

१. चिन्तामा डुबेर आफ्नो अमूल्य समयलाई नगुमाऔँ ।

२. लक्ष्य सानो होस् वा ठूलो जस्तो सुकै भएपनि एक हुन जरुरी छ,
किनकि लक्ष्य दुई वा सो भन्दा बढी भएमा तपाईको स्थिति दुई डुङ्गामा एक साथ खुट्टा राखेर यात्रा तय गरे समान हुन्छ यसो गर्दा तपाईको डुंगा डुब्ने निश्चित छ ।

३. कुनै पनि लक्ष्य निर्धारित गर्नु भन्दा पहिला आफ्नो योग्यता, कार्यक्षमता र समयअवधिलाई सुनिश्चित गर्नु पर्दछ।

४. विपरित परिस्थितिमा संयम भएर काम गर्ने र धैर्यपूर्वक त्यसको सामना गर्नुपर्दछ, किनकि त्यो नै सफलताको शिखरसम्म पुर्याउने महत्वपूर्ण गुण हो ।

५. स्वयंले नै निर्णय लिन सक्ने क्षमताको विकास गर, यसको लागि प्रत्येक दिन मेडिटेशन गरेमा तिमी भित्र यो क्षमताको विकास हुँदै जान्छ ।

६. आफ्नो कमी-कमजोरीको पहिचान गरी त्यस्तो बानीलाई हटाउ ।

७. सोच विचार गरेर बोल, किनकि कुराकानी तपाईको छवी बनाउने र विगार्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

८. समयको पाबन्धी र समयको उचित सदुपयोग जीवनमा सफलता प्राप्तिको सशक्त माध्यम हो ।

९. सामाजिक सम्बन्ध बनाई राख्नुपर्दछ, त्यसले तिमीलाई सफलता प्राप्त गर्न सजिलो हुन्छ ।

१०. अफ्नो योग्यताको निरन्तर विकास गरिराख ।

११. अरुलाई दोषारोपण गर्ने र आफ्नो भाग्यलाई खोटो देखाउने बानी त्याग।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?