डलर साटिदिन्छु भनी नगद ठगी फरार

भक्तपुर, १५ माघ- मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडीबाट काठमाडौं कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ घर भएका २७ वर्षीय लोक्पा शेर्पाको नगद ७ लाख रुपैयाँ सोमबार अपरिचिति व्यक्तिले ठगी गरी फरार भएका छन् उक्त रकम डलरसँग साटी दिन्छु भनि सिन्धुपाल्चोकको बाह्रबिसे घर बताउने करीव २८ वर्षीय सुजन खडका सहित २ जनाले ठगी गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले ठगी गर्नेको खोजी कार्य गरिरहेको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?