मन्त्री बाँस्कोटाको नेकपाबाटै राजीनामा मागियो

काठमाडौं । सेक्युरिटी प्रेस कमिसनमा प्रकरणका विषयमा सत्तारुढ दल नेकपाबाटै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा दिनुपर्ने माग गरिएको छ ।

नेकपाका एक स्थायी समिति सदस्यले बाँस्कोटाले अव राजीनामा दिनुपर्ने बताए ।

त्यस्तै, नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले फेसबुकमा स्टाटस लेख्दै सञ्चार मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।

उनले भनेका छन् सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?