दाउराले उडायो श्रीमानको उपचार गर्ने सपना

दाङ, १५ माघ- लडेर घाईते भएका दुर्गा वहादुर सुनाकरको उपचार गर्ने सपना सपनामै सिमीत भएको छ दाङ तुलसीपुर उपमहानगरपालीका वडा १९ स्यालापानीको जंगलमा दाउरा ल्याउन गएकी पातली सुनारको जंगलमै मृत्यु भएसंगै श्रीमानको उपचार गर्ने सपना पनि उनी संगै उडेको हो । माघ ५ गते १२ वर्षिय छोरा र ८ वर्षिय छोरीको साथमा स्थानीय जंगल पुगेकी पातली दाउरा ल्याउन नपाई माथी वाट खसेको ढुङ्गाले लागेर घटना स्थल मै मृत्यु भएको थियो । तर संगै रहेका छोरा र छोरी सकुसल रहे । पातलीको मृत्युले उनको परीवार टुहुरो जस्तै वनेको छ । सात जनाको परिवार रहेको र केही महिना अघि लडेर श्रीमान अपांग जस्तै भएकाले उनि उपचारको पर्खाईमा रहेका छन् परिवारमा उनको ८४ वर्षिय सासु १५ वर्षिय छोरी १२ वर्षिय छोरा संगै ८ र ६ वर्षिय दुई छोरी रहेका छन् पातलीले परिवारको दैनिकी ज्याला मजदुरी र दाउरा वेचेर चलाउदै आएकी थिईन् । पातलीको सपना थियो पैसा जम्मा गरी श्रीमानको उपचार गर्ने अनी छोराछोरीलाई शिक्षा दिने तर उनको यो सपना सधैलाई अस्ताएको छ । अनेकौ काम गरेर ७ जनाको परीवार पालेर वचेको पैसाले श्रीमानलाई उपचार गराउने उनको सपना संगै उनि पनि खरानी भएकी छिन् वुहारीले छोराको उपचार गर्ने भन्दै पैशा जम्मा गरेकी थिई तर उपचार गर्न नपाई आफै खरानी भई ८४ वर्षिय डल्लि सुनारले भनीन । घरमा सवै गर्ने उनै थिई तर उ छोरेर गई अव हामीलाई कस्ले हेर्छ उनले भनीन् आमा संगै सुन्दर संसारमा रमाउने सपना देखेका १२ वर्षिय छोरा दिनेश सुनार आमाको क्रिया वसेका छन् । पछिल्लो सुमय आमालाई परिवार पाल्न सहयोग गर्न भन्दै १५ वर्षिय छोरी पार्वती सुनार काठमाण्डौको एक ईट्टा भट्टामा ईट्टा वोक्न पुगेकी थिईन् । अव उनै १५ वर्षिय पार्वतिको काँधमा थपिएको छ वुवाको उपचार गर्ने र ८४ वर्षिय हजुर आमा संगै आफुभन्दा पछिका ३ भाई र वहीनीको हेरचाहा गर्ने जिम्मेवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?