यस्तो फिल्म जुन आमासँग हेर्न गए निशुःल्क पाइन्छ

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र आमा भोली शुक्रवारदेखि चलचित्र हलहरुमा प्रदर्शन हुदैछ । चलचित्र आमाको बुकिङ देशभरका मल्टिप्लेक्समा पनि खुलिसकेको छ ।

यसैबीच, चलचित्र ‘आमा’को निर्माणपक्षले नयाँ घोषणा गरेको छ । नयाँ घोषणा अनुसार काठमाडौंका केहि चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको हो ।

काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा विहान साढे ८ बजेको शोमा ‘आमा’ सँगै पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

उनले भने-‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौँ ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?