सरकारले सत्ता लम्ब्याएर जनमतलाई अस्वीकार गर्न सक्दैन : ओली

काठमाडौं, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो सत्ताको आयु लम्ब्याएपनि जनमतलाई अस्वीकार गर्न नसक्ने बताएका छन् पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बथाई दिँदै उनले जनताले निर्वाचनमार्फत आफ्नो अभिमत व्यक्त गरिसकेको भन्दै त्यसलाई उल्ट्याउन नसकिने उल्लेख गरे एमाले जनताको शासन र लोकतन्त्रका लागि लामो समय लडेको स्मरण गर्दैै उनले जनतालाई निर्णायक शक्ति मान्नेहरुले जनमतको कदर गर्नुपर्नेमा जोड दिए सामाजिक न्याय, सद्भाव, कानूनी शासन र राष्ट्रिय हित आगामी सरकारको मुख्य काम हुने उनको भनाई थियो । नयाँ सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैरजिम्मेवार नहुने पनि ओलीले दाबी गरे विधानले नदिने, आवश्यकता भन्दा बाहिरका विषयमा राज्यलाई आर्थिक बोझ बोकाउने ढंगका सरकारका निर्णयले उसको राष्ट्रप्रतिको गैरजिम्मेवारीलाई उजागर गरेको भन्दै उनले वर्तमान सरकारले देशको अर्थतन्त्र डामाडोल पार्ने काम गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?