अनलाइनबाट पिज्जा मगाउँदा बैंक खाताबाट १ लाख चैट् !

काठामाडौं । इन्टरनेटको माध्यामबाट परिवर्तित भईरहेको विश्वमा सामान्य कुराहरु पनि मानिस सजिलोका लागि अनलाइनबाटै सपिङ गर्ने गर्दछन् । तर अनलाइन सपिङका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् ।

भर्खरैमात्र भारतको नोएडाकी श्वेता नाम गरेकी एक महिला ठगिएकी छिन् । उनले अनलाइन प्लेटफर्मबाट पिज्जा अर्डर गरेकी थिइन् ।

उनका अनुसार जब उनले अनलाइन फूड सर्भिस दिनेवाला कम्पनीका कस्टमर केयर नम्बरमा फोन गरेर पिज्जा बुक गरिन् र अनलाइन भुग्तान गरिन् तब उनको बैंकको खाताबाट एक लाख रुपैयाँ बाहिर गयो ।

श्वेताका अनुसार उनी कस्टमर केयर कर्मचारीसँग कुरा गरिरहेकी थिइन् त्यसैबेला उनीसँग नक्कली कर्मचारी कस्टमर केयर बनेर कसैले एक लिंकमा क्लिक गर्ने बताएका थिए ।

त्यसपछि उनको खाता ह्याक भएर १ लाख रुपैयाँ गायब भएको भारतीय सञ्चारमाध्यामले बताएका छन् । प्रहरीले त्यसबारेमा अहिले अनुसन्धान भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?