त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सारी लगाएका रोबोट : यसरी गर्छन् स्वागत

काठमाडौं । अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटन परीले सेवा दिने भएका छन् ।

विमानस्थलमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको हो । सारी लगाएर राखिएका ती रोबोटलाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् ।

पर्यटन परी नाम दिइएको उक्त रोवोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् ।

उक्त रोवोटहरूले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका पक्षका विषयमा जानकारी गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?