सुनको मूल्य अहिलेसम्मकै उच्च, आज पनि तोलामा ५ सयले बृद्धि

काठमाडौं । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार १ सय रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुन ७७ हजार ६ कायम भइ कारोवार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार ३ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको ।

साथै आज चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ९ सय ५ रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ९ सय १५ रुपैयाँ कायम भएको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?