आहा ! रारा गोल्डकप पोखरा रंगशालामा

काठमाडौं । १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल पोखरा रंगशालामा हुने भएको छ ।

पोखरा रंगशाला निर्माणाधीन अवस्थामा रहेपनि फागुन अन्तिम साताबाट सुरु हुने प्रतियोगिता पोखरा रंगशालामै हुने निश्चित भएको हो । प्रतियोगिता अघि रंगशाला निर्माणको काम लगभग सकिने भएको छ ।

सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ । पोखरा फुटबल स्टेडियमको कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको छ ।

पोखरा रंगशालामा करिब ५० जना अपाङगता भएका दर्शकहरुलाई समेत बस्ने व्यवस्था हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?