रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै

रोल्पा । रोल्पा नगरपालिकाले यहि फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ ।

जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेको र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताएका छन् ।

जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?